एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालविच वार्ता जारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरू भएको छ। काठमाडौंको बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा उहाँहरुबिच भेटवार्ता भइरहेको पार्टी स्रोतले जानकारी दिएको छ ।

चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल थाल्नुभएको हो ।
आज बसेको स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ ।

Back to top button