भारतको बिहार र महाराष्ट्रमा थपियो लकडाउन

विराटनगर । भारतको बिहार राज्यमा मे २५ र महाराष्ट्रमा जुन १ सम्मका लागि लकडाउनको समय थप गरिएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले आज ट्विट गर्दै विहारमा मे २५ सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको जानकारी गराउनुभएको छ । विहारमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन मे १५ मा सकिदै थियो ।

आज मन्त्री र पदाधिकारीहरूसँग जारी लकडाउनको स्थितिबारे समीक्षा गरेर लडकडाउनको समयावधि थपने निर्णय भएको उहाँले उल्लेख गर्नुभएको छ । गत मे ४ मा विहार सरकारको संकट व्यवस्थापन समूहले १० दिन लकडाउन गर्ने निर्णय लिएको थियो।

यस्तै महाराष्ट्र सरकारले पनि १ जुनसम्मको लागि लडकडाउन लम्ब्याउने निर्णय गरेको छ । यसअघि त्यहाँ मे १५ सम्मको लागि लकडाउन घोषणा गरिएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार आज महाराष्ट्र सरकारले राज्यमा प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य गरेको छ। जुनसुकै सवारीसाधनबाट महाराष्ट्र प्रवेश गर्नेलाई अनिवार्य पिसिआर रिपोर्ट नेगेटिभ चाहिने जनाएको हो।

Back to top button