
काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा दुई नेताहरुबिच छलफल भएको हो ।
देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा कुनैपनि हालतमा नयाँ सरकार गठनका लागि विपक्षी दल तयार हुनुपर्ने दुई नेताबिच सहमति भएको स्रोतले जानकारी दिएको छ ।
यसका लागि समयमै राष्ट्रपतिसँग नयाँ सरकारको लागि बहुमत भएको दावी गर्ने योजना दुई नेताबिच तय भएको स्रोतले बताएको छ ।