
काठमाडौं । हिजो बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएका केपी शर्मा ओलीले आज दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैहुनुहुन्छ ।
तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका ओलीले दिउँसो २ बजे शीतलनिवासमा गएर शपथ ग्रहण गर्नुहुने भएको छ । शपथ लगत्तै उहाँले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली कामचलाउ प्रधानमन्त्री बन्नुभएको थियो ।
अन्य दलले बहुमत पुर्याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले ओलीलाई नै पुनः प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।