म्यानचेष्टर युनाईटेड विरुद्ध लिभरपुलको सानदार जित

विराटनगर । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडका विरुद्ध शानदार जित निकालेको छ। शीर्ष चार स्थानको होडमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४/२ गोल अन्तरले पराजित गर्‍यो ।

लिभरपुलको जितका लागि रोबेर्टो फिर्मिनोले २ गोल गरे भने मोहमद सलाह र डिओगो जोटाले एक/एक गोल गरे। म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेज र मार्कस राशफोर्डले एक/एक गोल गरे।

जितपछि लिभरपुल लिगमा पाँचौ स्थानमा उक्लिएको छ। ३५ खेलपछि लिभरपुलको अंक ६० पुगेको छ । म्यानचेस्टर युनाइटेडको ३६ खेलमा ७० अंक रहेको छ भने लेस्टर सिटीको ३६ खेलमा ६६ र चेल्सीको ३६ खेलमा ६४ अंक रहेको छ।

यस्तै वेस्टह्याम युनाइटेडको ३५ खेलमा ५८ अंक रहेको छ। यस सिजनको उपाधि जितिसकेको म्यानचेस्टर सिटीको भने ३५ खेलमा ८० अंक रहेको छ।

Back to top button