राप्रपाको महाधिवेशन स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको संक्रमण फैलदै गएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’को महाधिवेशन स्थगित भएको छ । यहि जेठ २२ र २३ गते काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित भएको हो ।

संक्रमण भयावह बनेको उल्लेख गर्दै राप्रपाले महाधिवेशन स्थगित भएको जनाएको हो । राप्रपा अध्यक्षहरु कमलथापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

महाधिवेशनको नयाँ मिति पनि उपयुक्त समयमा घोषणा गरिने जनाईएको छ ।

यस्तै राप्रपाले कोभिड संक्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि कुटनितिक पहल गरि अघि बढ्न सरकारलाई सुझाव समेत दिएको छ ।

Back to top button