शिक्षादिप कलेजद्वारा विराटनगर महानगरलाई सय थान अक्सिजन सिलिण्डर सहयोग

विराटनगर । शिक्षादिप कलेज विराटनगरले विराटनगर महानगरपालिकालाई एक सय थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले विराटननगर महानगर प्रमुख भीम पराजुलीलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो ।

महानगरले सञ्चालन गरेको आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई अक्सिजन अभावमा ज्यान गुमाउन नदिने उद्देश्यले अक्सिजन सिलिण्डर उपलब्ध गराएको कलेजका प्रिन्सिपल खडकाले बताउनु भयो । पछिल्लो समय कोरोना महामारीविरुद्ध लड्न सहयोग गर्ने क्रमम बढ्दै गएको छ ।

Back to top button