कोशी अस्पतालले ६२ शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउँदै

विराटनगर । कोरोना संक्रमितको चाप बढ्दै गएपछि कोसी अस्पताल विराटनगरले ६२ शय्याको कोरोना वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. चुमनलाल दासले मेडिकल वार्डमा ५ आइसियू, २५ एचडियू र ३२ अक्सिजनसहितको गरी ६२ शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभयो ।

प्रदेश सरकारले कोशी अस्पताल मातहत छुट्टै अहिले ९६ शय्याको कोभिड १९ उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।

तर संक्रमितको चाप बढ्दै गएकाले कोशी अस्पतालकै मेडिकल वार्डलाई कोभिड वार्डमा परिणत गरेर सञ्चालनको तयारी गरेको दासले बताउनु भयो । उहाँले आउँदो बुधबारदेखि कोभिड वार्ड सञ्चालन हुने गरी तयारी गरिएको जानकारी दिनुभयो ।

Back to top button