खोप आपूर्ति चाँडो गर्न राष्ट्रसंघलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न राष्ट्रसंघलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटमा ओलीले नेपालको अवस्थालाई मध्यनजर गर्दै चाँडो खोप आपूर्ति गर्न आग्रह गर्नुभएको हो ।

भेटमा राष्ट्रसंघीय दूत न्यान्तीले नेपालको पछिल्लो अवस्था, खोपको उपलब्धता र आवश्यकताबारे प्रधानमन्त्रीसँग राय बुझ्नुभएको थियो । भेटमा राष्ट्रसंघले खोप र स्वास्थ्यसामाग्री आपूर्तिका लागि गरिएको पहलबारे न्यान्तीर्ले ब्रिफिङ गर्नुभएको थियो ।

न्यान्तीले आज छाउनीस्थित कोभिड संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ को कार्यालय पुगेर अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको उपलब्धताबारे पदाधिकारीसँग जानकारी लिनुभएको छ ।

Back to top button