
झापा । मेचिनगर नगरपालिका ९ मा जंगली हात्तीको आक्रमणले गएराती एक जनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय श्याम राईको मृत्यु भएको हो ।
मागुरमाणी सामुदायिक वनबाट आएको एउटा जंगली हात्ती गाँउ पसेको थियो । गाउँबाट खेदाउने क्रममा हात्तीको आक्रमणले घाइते राईको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।