माया घर र निःसहाय बालबालिका आश्रमकालाई इटहरी उपप्रमुखको सब्जि सहयोग

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले स्थानीय माया घर र निःसहाय बालबालिका आश्रमकालागि सब्जि प्रदान गर्नुभएको छ ।

उपप्रमुख गौतमले ९९ जना वेवारिसे,असहाय तथा सडक मानवले आश्रय लिइरहेको माया घर र ४५ जना अनाथ बालिबालिकाको आश्रयस्थल निःसहाय बालबालिका आश्रमलाई सब्जि उपलब्ध गराउनुभएको हो ।

लगातारको निषेधाज्ञाका कारण आश्रय लिइरहेकाहरुलाई खानामा समस्या हुने बुझेपछि उहाँले काउली, बोडी, करेला, भिण्डी, मुलालगायतका सब्जि थोक विक्रेताहरुवाट आश्रमलाई उपलब्ध गराउनुभएको हो ।

सब्जि पाएपछि मायाँघरकी सुभद्रा प्याकुरेलले समस्या बुझेर उपमेयरले गर्नुभएको सहयोगका लागि धन्यवाद ब्यक्त गर्नुभयो । उपप्रमुख गौतमले अघिल्लो वर्षको बन्दाबन्दीका बेला पनि यी आश्रममा सब्जि सहयोग गर्नुभएको थियो ।

Back to top button