विराट अस्पतालका चिकित्सकलाई कुटपिट गरेको आरोपमा दुई पक्राउ

मोरङ । विराट शिक्षण अस्पताल बुढीगंगाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुढीगंगा गाउँपालिका २ का २८ वर्षीय निश्चल श्रेष्ठ, २५ वर्षीय निमेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

अस्पतालको आकस्मिक कक्षमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ अशिस्टेन्ट निर्दोष बस्नेतलाई कुटपिट गरेको आरोपमा दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनु भयो । कुटपिटले दुबै जनाको टाउको, अनुहारलगायत शरीरका बिभिन्न भागमा चोट लागेको छ ।

दुर्घटनामा घाइते एक वृद्धाको उपचारमा चिकित्सकले लापरबाही गरेको आक्रोशमा युवाहरुले उनीहरुलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको राईले बताउनु भयो ।

Back to top button