घाँटी रेटेर हत्या गरिएको महिलाको शव बरामद

मोरङ । रंगेली नगरपालिका ३ चिलुवा चोक नजिक रहेको नहरमा घाँटी रेटेर हत्या गरिएको अबस्थामा एक महिलाको शव बुधबार बरामद भएको छ । रङ्गेली ३ का बेचन यादवकी पत्नी २४ वर्षीया अनिता यादवको शव बरामद भएको हो ।

जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले घाँटी रेटेर हत्या गरी नहरमा ल्याएर फालिएको अबस्थामा शव बरामद भएको बताउनु भयो ।

नहरमा महिलोको शव देखेपछि स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घट्नास्थल पुगेर अनुसन्धान भइरहेको उनले बताउनु भयो ।

 

Back to top button