मोरङका बैंक तथा बित्तीय संस्था ५ दिन बन्द

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको अनुरोधमा नेपाल राष्ट्र बैंक प्रदेश १ कार्यालय विराटनगरले मोरङ जिल्लास्थित बैंक तथा बित्तीय संस्था ५ दिन बन्द गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंक प्रदेश कार्यालयका निर्देशक सत्येन्द्र तिमिल्सिनाले जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको संख्या दैनिक बढ्दै गएको र बैंक तथा वित्तीय संस्थामा अनावश्यक भीडभाड हुँदै आएकाले कारोबार बन्द गर्न गरेको पत्राचार अनुसार जेठ ११ गतेसम्म बैंक तथा वित्तीय संस्था बन्द गर्न पत्राचार गरेको बताउनु भयो ।

यो अबधीमा बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बैङ्किङ, एटिएम सेवा र अन कल सेवाबाहेक अन्य सेवा बन्द गर्न पत्राचार गरेको छ ।

Back to top button