प्रदेश १ मा थपिए एक हाजर २९८ संक्रमित

मोरङ । प्रदेश १ मा बुधबार एक हाजर २९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्चहो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १६४ महिला र १९१ पुरुष सहित ३५५, सुन्दरहरैचामा ४१, पथरीशनिश्चरेमा ३०, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरीमा ६, लेटाङ र बेलबारीमा ५, सुनबर्षी, धनपालथान र मिक्लाजुङमा ३–३, ग्रामथान, जहदा, रंगेली र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २, झापाको दमकमा ९२, मेचीनगरमा ६५, विर्तामोडमा ४६, भद्रपुरमा ३५, अर्जुनधारामा २६, बुद्धशान्तिमा २०, कनकाईमा १७, शिवसताक्षीमा ८, बाह्रदशीमा ६, गौरीगञ्जमा ५, कचनकवल र कमल गाउँपालिकामा ४–४, गौरादहमा २, हल्दिबारी र झापागाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ६, सुनसरीको इटहरीमा ६६, धरानमा ५७, दुहवीमा १५, बराहक्षेत्र र रामधुनीमा ६–६, देवानगञ्ज र इनरुवामा ५–५, बर्जुमा ४, गढी र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको छथरमा २६, चौवीसेमा २२, महालक्ष्मीमा १९, धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ५, सा“घुरीगढी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा ६०, मेरिङदेनमा ९, पाथिभरा याङवरक, मिक्वाखोला, फक्ताङलुङ, श्रीजंगा र सिदिङ्वामा १ र स्थानीय तह नखुलेका ९, खोटाङको रावावेशीमा १५, जन्तेढुङ्गामा १३ र स्थानीय तह नखुलेका १,पा“चथरको मिक्लाजुङमा १५ र कुम्मायकमा १, संखुवासभाको पाँचखपनमा ८, खाँदबारीमा ५ र धर्मदेवीमा १, इलामको सुर्योदयमा ५, मांसेवुङमा ४, इलाम नगरपालिकामा २ र रोङमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, टेम्केमैयुङमा १ र स्थानीय तह नखुलेका ४, उदयपुरको उदयपुरगढी, चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका २, तेह्रथुमको लालीगुराँसमा १, ओखलढुङ्गामा, र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १माकोरोना संक्रमितको संख्या ४७ हजार ८६८ पुगेको छ । संक्रमित भएकामध्ये ३१ हजार ५७३ संक्रमण मुक्त भएका छन् । बुधबार २२४ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ५९० पुगेको छ । प्रदेश १ मा बुधबार २ हजार ७५३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

 

 

Back to top button