खोलामा वृद्ध मृत फेला

पाँचथर । फाल्गुनन्द गाउँपालिकास्थित निबु खोलाको दोभानमा मृत अबस्थामा एक वृद्धको शव बिहीबार बरामद भएको छ । फाल्गुनन्द ४ का ५८ वर्षीय पदमध्वज नेम्वाङ मृत फेला परेको जिल्ला प्रहरी पाँचथरले जनाएको छ ।

निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा बरामद भएको वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पाँचथर पठाएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Back to top button