
मकवानपुर । राष्ट्रियसभा सदस्य पदमा खिमलाल देवकोटा विजयी हुनु भएको छ । उहाँले एमालेका रामबहादुर थापालाई १३ मतले पछि पार्दै विजयी हुनु भएको हो ।
देवकोटाले ५८ मत प्राप्त गर्नु भयो भने थापाले ४५ मत मात्रै प्राप्त गर्नु भयो । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मतमा चित बझाउनु भयो ।
कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीलगायतका गठबन्धनका उम्मेदवार देवकोटाले स्थानीय तहतर्फ खसेको कुल २ सय ३३ मध्ये १२८ मत र थापाले १ सय ३ र तामाङले २ मत प्राप्त गर्नु भयो ।
प्रदेशतर्फ एकमत बराबर ४८ मतभार र स्थानीय तहतर्फ रहेको एक मत बराबर १८ मतभारमा देवकोटाले प्रदेशतर्फ २७८४ मतभार थापाले २१६० र तामाङले ९६ मतभार प्राप्त गर्नु भयो ।
देवकोटाले कूल ५०८८, थापाले ४०१४ र तामाङले ८४ मतभार पप्त गर्नु भयो ।