बहुमत प्राप्त सांसदलाई सरकार गठनको बाटो खोल्ने

जेठ ९ गते संसद अधिवेशन आह्वान

काठमाडौं । मन्त्रिपरिषदको बैठकले जेठ ९ गते संसद अधिवेशन आह्वान गर्ने निर्णय गरको छ । अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताउनु भयो ।

संविधानको धारा ७३ को उपधारा ३ अनुसार बनेको सरकारले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने तर अहिलेको अबस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने अबस्था नरहेकाले एकै पटक उपधारा ५ अनुसारको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने गुरुङले बताउनु भयो ।

उपधारा ५ अनुसार बहुमत सांसदको समर्थन रहेको आधारमा सरकार गठनका लागि राष्ट्रपति समक्ष पेस गरेपछि प्रधानमन्त्री नियूक्त हुने छ । तर बहुमत सांसदको समर्थनको आधार पेस नभएको अबस्थामा प्रतिनिधिसभा भंग भएर प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चुनाव घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।

Back to top button