राष्ट्रपतिद्वारा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७३ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्नु भएको छ । उहाँले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आज शुक्रबार साँझ ५ बजेसम्मको समय सीमा निर्धारण गर्नु भएको हो ।

संविधानको धारा ७३ को उपधारा ३ अनुसार बनेको सरकारले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने तर अहिलेको अबस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने राजनीतिक अबस्था रहेन । त्यसैले एकै पटक उपधारा ५ अनुसारको सरकार गठनका लागि मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रपतिलाई आग्रह गरेपछि प्रक्रिया सुरु भएको छ ।

उपधारा ५ अनुसार बहुमत सांसदको समर्थन रहेको आधारमा सरकार गठनका लागि राष्ट्रपति समक्ष पेस गरेपछि प्रधानमन्त्री नियुक्त हुने छ । तर बहुमत सांसदको समर्थनको आधार पेस नभएको अबस्थामा प्रतिनिधिसभा भंग भएर प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चुनाव घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।

Back to top button