औषधीको कालोबजारी गर्ने १ जना पक्राउ

विराटनगर । औषधीको कालोबजारी गर्ने एकजना फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको धनगढी नगरपालिका–७ फुलकाहाकट्टी घर भई विराटनगर–मा फार्मेसी सञ्चालन गर्दै आएका २२ वर्षीय रविन्द्र महतो पक्राउ परेका हुन् ।

विराट अस्पताल नजिकै पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका महतोले सिरहकाकै बरियारपट्टी ४५ वर्षीय रामनारायण मुखियालाई ठगि गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

महतोले मुखियाले वैसाख २५ देखि ३० गतेसम्म सोही फार्मेसीबाट औषधि किन्नुभएको थियो । औषधि किन्दा महतोले दुईवटा खाता बनाई एउटामा औषधिको वास्तविक मुल्य र अर्कोमा बढि मुल्य लेख्ने गरेको पाइएको हो ।

महतोले यसरी नै ग्राहकलाई त्यही बढि मुल्यको खाता देखाई औषधीको बढि मुल्य लिने गरेको सूचना पाएको प्रहरीले अनुसन्धानका क्रममा ठगि गरेको भेटेपछि महतोलाई हिजो बेलुका पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईका अनुशार पक्राउ परेका महतोलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको छ ।

Back to top button