विभत्स हत्यामा सम्लग्न एक युवा पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैचा–३ स्थित लोचनीमा भएको विभत्स हत्यामा सम्लग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय ४० वर्षीय बिष्णु ऋषिदेवको सुतेको बेला ओछ्यानमा नै घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या भएको थियो ।

प्रहरीले स्थानीय २३ वर्षीय पुजन राईलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुसन्धानबाट राइले फलामको दाउले घाँटीमा प्रहार गरी हत्या गरेको भन्ने खुल्न आएको हो ।

प्रहरीले राईलाई आजै बिहान उनको घरबाट नै पक्राउ गरेको हो । प्रहरीले घटनामा प्रयोग भएको दाउ समेत राईको भान्साकोठाको चाङबाट बरामद गरेको छ ।

पक्राउ परेका राईमाथि मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा कारवाहि अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नाउव उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिनुभयो ।

Back to top button