
काठमाडौं । कोभिड–१९ महामारीविरुद्ध अमेरिकाले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्री मध्ये पहिलो लट आज आइपुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
अमेरिकी कार्गो बिमानले आज सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्सलगायतका सामग्री ल्याएको हो । युएसएडले भोली १ हजार थान अक्सिजन सिलिन्डर पनि प्रदान गर्ने तयारी भइरहेको जनाएको छ ।
दुईदिनभित्र अमेरिकी कार्गो बिमानले थप दुई लट सामान ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरीकाले यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरणलगायका सामग्री नेपाललाई सहयोग गरेको थियो ।