जनताको सेवामा समर्पित अध्यक्ष, उपाध्यक्ष

मधुमल्ला । मोरङको पूर्वोत्तर क्षेत्र विभिन्न बेलामा विभिन्न ढंगले चर्चामा रहँदै आएको छ । स्थापित जनगायक जेबी टुहुरेले एउटा पृथक परिवेशका साथ चिनाइदिनुभएको साविकको मधुमल्ला केन्द्रित मिक्लाजुङ गाउँपालिका प्राकृतिक वस्तुको प्रयोग र उत्पादनको विविधतासँग परिचित छ । यहीँ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ– देवीप्रसाद आचार्य ।

कोभिड १९ को संक्रमण फैलिँदै जाँदा संक्रमितको उपचार व्यवस्थापन गर्न र रोग नियन्त्रणका लागि ६५ वर्षीय अध्यक्ष आचार्य र ४४ वर्षीया उपाध्यक्ष सरला राईं सहितको स्थानीय पंक्ति यतिबेला अहोरात्रकाल मैदानमा छ ।

साधनस्रोतको अभावले व्यवस्थापन गर्न हम्मेहम्मे छ । यद्यपि स्थानीय सरकार प्रमुख, उपप्रमुखका हैसियतले प्राप्त गाडी र अन्य सुविधालाई नागरिकको सेवामा समर्पित गरेर आफूहरू जस्तोसुकै कठिनाई उठाउन पनि तत्पर देखिनुहुन्छ– अध्यक्ष आचार्य र उपाध्यक्ष राई ।

आफ्नो क्षेत्रमा मानवीय क्षति हुन नदिन अधिकतम् प्रयासरत उहाँहरू, पालिकाभरि कोभिड संक्रमणको अवस्था बुझ्ने, पालिकाभित्र सञ्चालित कोभिड अस्पतालमा उपचाररत संक्रमितहरूको उत्साह भर्न र मनोबल बढाउन अहोरात्र खटिनुभएको छ ।

अझ संक्रमितलाई उर्जा र उत्साह भर्नमा उहाँहरुको अधिकतम समय बित्ने गरेको छ । त्यसैमा गर्व गर्दै उपाध्यक्ष राई भन्नुहुन्छ, ‘आनन्द त यसमा छ, हामे पुग्दा जनताले अबिभावक आएको ठान्दिनुहुन्छ ।’

आफुहरुले त सकेको मात्र गरिरहेको भन्दै राइले हाम्रा गाउँपालिकाबासी जो संक्रमित हुनुहुन्छ उहाँहरूमा थोरै भएपनी उर्जा र उत्साह भर्न पाएकोमा अत्यन्त खुशी लाग्छ ।

अहिले अध्यक्ष अधिकांश विकास–निर्माणका काममा पुग्नु पर्दा साईकलमा भेटिनुहुन्छ भने उपाध्यक्ष राईको साधन भाडाको अट्टो हुने गरेको छ ।

हामीहरू त निमित्त मात्र हौं, यो नागरिकको सम्पत्ति, यस्तो विपद् समयमा नागरिकका लागि सवारी सुम्पेका छौं भन्दै अध्यक्ष आचार्य भन्नुहुन्छ, बिपदको बेला हामी चढ्ने गाडी नागरिकको सेवामा लगाउन पाउँदा मनै हलुङ्गो हुदोरैछ ।

राज्यले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता लिएर बस्ने उमेर समुह नजिकै हुँदै गर्दा पनि यूवा जोश जाँगरका साथ सक्रिय अध्यक्ष आचार्यले हिराे कम्पनीको साइकलमाबाट नै पालिकाका अधिकांश भू–क्षेत्र पुग्ने गर्नुभएको छ । उहाँको यो कार्यबाट स्थानीय समेत हर्षिद छन ।

स्थानीय सन्तोष गौतम भन्नुहुन्छ, ‘ इच्छाशक्ति भए उमेरले छेकबार लगाउँदैन रहेछ एउटा शसक्त उदाहरण बन्नुभएको छ मिक्लाजुङका अध्यक्ष आचार्य ।

मिक्लाजुङकै अध्यक्ष उपाध्यक्षकै प्रशंसा गर्दै एमालेका यूवा नेता युवराज बाँस्कोटाले फेसबुकमा लेख्नुभएको छ, ‘ तपाईं दुबैले केही गर्नुभएको छ र पो लेख्न पाइएको छ, सार्वजनिक ढंगले यति बोल्न पाइएको छ । ‘सूर्य’ चिन्हमा परेको जनताको जनअभिमत सम्मानित भएको छ ।’

Back to top button