नेपाल समूहले अर्को पार्टी खोल्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी कित्तामा उभिएका नेकपा एमालेका माधवकुमार नेपालसमूह अर्को पार्टी खोल्ने निर्णयमा पुगेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाको विरोधमा विपक्षी गठबन्धलाई साथ दिने निर्णयसमेत नेपाल समूहले गरेको हो ।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीले धकेलेर पार्टी फुटाउन बाध्य पार्नु भएकोले नयाँ पार्टी खोल्नुको विकल्प नभएको नेपालको भनाई छ ।

अहिले राष्ट्रपति र प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध संघर्ष गर्ने स्थायी कमिटी बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।

लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्नेले नै कम्युनिस्ट आन्दोलन र पार्टी जोगाउने भएकाले नयाँ पार्टी खोल्ने निर्णयमा पुगेको नेपालले बताउनुभयो ।

Back to top button