
विराटनगर। इजरायलसँगको ११ दिन लामो युद्धपछि प्यालेस्टिनी लडाकु समूह हमासले बन्दुकसहित शक्ति प्रदर्शन गरेको छ।
पूर्ण युद्धविरामको पहिलो दिन भएको प्रदर्शनमा हमासका शीर्ष नेता याहया सिनवार पनि पहिलोपटक सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
११ दिन लामो युद्धमा इजरायलले गरेको हमलामा २ सय ५० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी प्यालेस्टिनी छन् । सैनिक पोशाकमा निकालिएको जुलुसमा वरिष्ठ नेता वासिम ईसाको मृत्युमा शोक ब्यक्त गरिएको थियो ।