विपक्षी दल सर्वोच्चमा रिट दर्ताका लागि आज नजाने

काठमाडौं । धारा ७६ को उपधारा ९५० बमोजिम देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार पुष्टिका लागि हस्ताक्षर गर्नुभएका विपक्षी गठबन्धनका सांसदहरुले आज सर्वोच्च अदालत नजाने भएको छ ।

सांसदहरुको नागरिकता र हस्ताक्षर संकलन गर्ने काम भइसकेको तर केही कागजात नमिलेकाले आज रिट निवदनको मस्यौदा तयार गरे भोली कार्यालय खुल्ने समयमा नै सर्वोच्च अदालतमा हस्ताक्षर गर्ने सबै सांसद सशरीर उपस्थित हुने एक नेताले बताउनु भयो ।

देउवाले राष्ट्रपति कार्यालयमा १४९ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्नु भएको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले कसैको आधार नपुगेको निर्णय गर्नु भएको थियो ।

लगतै मध्यराती बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरी गरेको सिफारिसका आधारमा उहाँले प्रतिनिधिसभा विघटन र कार्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा गर्नु भएको छ ।

Back to top button