माधव नेपाल निकट नेताको नेतृत्वमा नेकपा एकीकृत पार्टी दर्ता

प्रमाण पत्र पाउन बाँकी

काठमाडौं । माधवकुमार नेपाल निकट नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार नै पार्टी दर्ता गराएका राईले आयोगबाट प्रमाण पत्र पाउन बाँकी छ ।

नेकपा (एकीकृत) को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको निर्वाचन आयोगका एक कर्मचारीले बताउनु भयो ।

नेपालले हिजो मात्रै नयाँ पार्टी दर्ता गराउने निर्णय गरेको तर उहाँ निकट नेताले पार्टी दर्ता गराइसक्नु भएकाले त्यही पार्टीमा एमालेका असन्तुष्ट सबै नेता समाहित भएर अघि बढाउने राजनीतिक वृतमा चर्चा छ ।

नेता राईले कुनै नेतासँग कुनै किसिमको सल्लाहमा नभई आफ्नो इच्छाले छुट्टै पार्टी दर्ता गराएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुभएको छ । उहाँले नयाँ पार्टीको चुनाव चिन्ह कलम दावी गरेको बताउनु भयो ।

Back to top button