अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत समयमा बजेट आउने बताउनु भएको छ । वालुवाटारमा आइतबार पत्रकारहरुसँगको कुराकानीमा उहाँले जेठ १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने बताउनु भएको हो ।

आउँदो वर्षका लागि यसपाली कोरोना महामारी केन्द्रित बजेट आउने प्रधानमन्त्री ओलीले बताउनु भयो । उहाँले यसअघि घोषणा गरिएका नीति तथा विकासका योजना कार्यान्वयन बजेटको प्राथमिकतामा रहने बताउनु भयो । विकासका ठूला योजनाहरुमा बजेट बिनियोजन गर्ने यस वर्षको अवस्था नरहेको उहाँले बताउनु भयो ।

Back to top button