
काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगावै सबै जनतालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने तयारी भइरहेको बताउनुभयो ।
बालुवाटारमा आइतबार पत्रकारसँगको कुराकानीमा उहाँले मित्र राष्ट्रहरु र खोप उत्पादक कम्पनीहरुसँग खोपका लागि छलफल भइरहेको बताउनुभयो ।
उहाँले निर्वाचन मिति अगाबै सबै जनतालाई खोप लगाइसक्ने गरी खोप आपुर्तिका लागि छलफल अघि बढाएको बताउनुभयो ।
खोपलाई भोटसँग साट्ने अफवाह फैलाउन केही दुषित उद्देश्यका ब्ल्याकमेलरहरु लागेको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।
जनताको स्वास्थ्य सेवा पाउने मौलिक अधिकार भएकाले यसलाई भोटसँग जोड्न नमिल्ने प्रधानमन्त्रि ओलीले बताउनभयो ।