राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

जन्मसिद्ध नागरिकता पाउनेका छोराछोरीले बंशजको नागरिकता पाउने बाटो खुल्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश आज जारी गर्नु भएको छ । अध्यादेश जारी भएसँगै जन्मसिद्धको नागरिकता पाउनुभएकाको छोराछोरीले बंशजको नागरिकतता पाउने बाटो खुलेको हो । को छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भएको सहमति अनुसार नेपालको नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश मन्त्रिपरिषदबाट पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो ।

हाल जन्मको आधारमा नागरिकता पाउनुभएकाको सन्तानले नागरिकता पाउनबाट बञ्चित हुनु भएको थियो ।

Back to top button