प्रदेश १ मा ७६३ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, रभोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुष सहित २२७, सुन्दरहरैचामा ७६, पथरीशनिश्चरेमा २५, उर्लाबारीमा २१, बेलबारीमा १०, कटहरीमा ९, जहदामा ५, लेटाङमा ४, सुनबर्षी, कानेपोखरी र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली, धनपालथान, बुढीगंगा र ग्रामथानमा २–२ , रतुवामाई र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ४४, बर्जुमा ३०, इनरुवामा ११, धरानमा ८, दुहवीमा७, बराहक्षेत्रमा ३, गढी र हरिनगरमा२–२, देवानगञ्ज, रामधुनी, भोक्राहानरसिंहमा १–१, स्थानीय तह नखुलेका ४, झापाको विर्तामोडमा ३३, कनकाईमा १६, अर्जुनधारामा १४, भद्रपुरमा १२, हल्दिबारी र मेचीनगरमा ७–७, बुद्धशान्तिमा ५, शिवसताक्षीमा ४, गौरीगञ्जमा ३, गौरादहमा २, बाह्रदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उदयपुरको कटारीमा ५७, त्रियुगामा ४,चौदण्डीगढीमा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा ७, श्रीजंगामा ४, मेरिङदेन र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, छथरमा २, शहिदभूमी र महालक्ष्मीमा १–१, इलामको इलाम नगरपालिकामा ३, रोङ र देउमाईमा १–१, खोटाङको दिप्रुङ चुईचुम्मा, खोटेहाङ र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १मा कोरोना संक्रमितको संख्या ५१ हजार २३१ पुगेको छ । संक्रमित भएकामध्ये ३२ हजार ३६० जना संक्रमण मुक्त भएका छन् । आज ९३ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार १११ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button