नेपालको निर्यात १ खर्ब

व्यापार घाटा ११ खर्ब ४५ अर्ब

काठमाडौं । नेपालले लिएको निर्यात १ खर्ब पुर्याउने लक्ष्य १० वर्षपछि पूरा भएको छ । नेपालको निर्यात १ खर्ब हुँदा व्यापार घाटा ११ खर्ब ४५ करोड रहेको छ । चालु आर्थिक वर्षको १० महिनामा १० वर्ष अघि नेपाल सरकारले लिएको निर्यात १ खर्ब पुर्याउने लक्ष्य पूरा भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालको वस्तु निर्यात १ खर्ब ८ अर्ब ४७ करोड ८७ लाख ५६ हजार भएको छ । निर्यात वृद्धि ३२ दशमलव १९ प्रतिशत पुगेको भन्सार विभागले जनाएको छ ।

यो वर्ष वस्तु निर्यातमा भट्टमासको तेललगायत तेलजन्य वस्तु, कफी, चिया, कार्पेट, आइरन र स्टिलको निर्यात बढेको हो । गत आर्थिक वर्ष १० महिनामा ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजार रुपैयाँको नेपालबाट निर्या भएको थियो ।

सरकारले २०६४ सालमा त्रीवर्षीय अन्तरिम योजना सार्वजनिक गरी १ खर्ब निर्यात गर्ने लक्ष्य लिएको थियो । उक्त लक्ष्य सरकारले वर्षेनी दोहोर्‍याउँदै आए पनि पूरा हुन सकिरहेको थिएन ।

यो वर्ष व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटा २१ दशमलव ४८ प्रतिशतले वृद्धि भएको भन्सार विभागकाो तथ्यांकले जनाएको छ । कुल वैदेशिक व्यापारको १३ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

Back to top button