करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रमम एक जनाको मृत्यु भएको छ । स्थानीय ३८ वर्षीय धनेन्द्र तामाङको मृत्यु भएको हो ।

साथीहरुसँग माछा मार्ने क्रममा करेन्ट लागेर घाईते तामाङको उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगेपछि मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अनारमणीबाट खटिएको प्रहरी टोलीले तामाङसँग माछा मार्न गएका स्थानीय ३८ वर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भएका ३२ वर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको झापा प्रहरीले जनाएको छ ।

Back to top button