एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । विपक्षी गठबन्धन रीट दायरका लागि सर्वोच्च अदालत गभइरहेको बेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाउनु भएको छ । उहाँले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो बैठक बोलाउनु भएको हो ।

जेठ ८ गतेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाललगायत ११ जनालाई आज बिहानसम्मको समय सीमा तोकेर माग गरिएको स्पष्टीकरण नबुझाएकाले थप कारवाही प्रक्रीया अघि बढाउन आजको बैठक बोलाइएको एक नेताले बताउनुभयो ।

उहाँले अहिले स्थायी कमिटी बैठक बस्नुको मुख्य कारण विपक्षी गठबन्धनको चहलपहल र पार्टीको आन्तरिक विवाद नै भएको बताउनुभयो ।

Back to top button