
काठमाडौं । कांग्रेस सभाापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनाउन सर्वोच्च जान लागेका सांसदहरुमा नेकपा एमालेका माधवकुमार नेपाल पक्षका २३ जना सांसदले हस्तार गर्नु भएको छ ।
नेपाल पक्षका सांसद विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरू, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावलले हस्ताक्षर गर्नु भएको हो ।
यस्तै, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, र नारायण खतिवडाले हस्तार गर्नु भएको छ ।