बरिष्ठ नेतासहित ११ जना एमालेबाट निष्कासित, १२ जनालाई स्पष्टिकरण सोधिने

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासित गरेको छ । आज बसेको एमालेको स्थायी कमिटीको वैठकले उहाँहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको हो ।

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ खनाल, माधव नेपाल र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभएको छ ।

निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का समेत हुनुहुन्छ ।

यस्तै सोही समुहका १२ जनालाई २४ घण्टे स्पष्टिकरण सोध्ने पनि वैठकले निर्णय गरेको छ । वैठकले नेताहरु घनश्याम भुसाल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, नारायण खतिवडा, सुरेन्द्र पाण्डे, मेटमणी चौधरी, यज्ञ सुनुवार, भवानी खापुङ, दिपकप्रकाश भट्ट र विरोध खतिवडालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

Back to top button