गाँजा बोकेको एम्बुलेन्ससहित दुई जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका २ रत्नरोडबाट गाँजा बोकेको एम्बुलेन्ससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटा घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोशन राईलाई पक्राउ गरेको हो ।

धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा एम्बुलेन्सको पछाडिको भागमा २५–२५ किलोको ४ वटा झोलामा सय किलो गाँजा बरामद भएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले एम्बुलेन्स रोकेर चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएपछि एम्बुलेन्स, चालक लिम्बू र एम्बुलेन्समा सवार राईलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

Back to top button