सिंघीया खोलामा महिलाको शव फेला

विराटनगर । सिंघीया खोलामा आज एक महिलाको शव बरामद भएको छ । विराटनगर ३ की ४३ वर्षीया सुमित्रा खतिवडाको शव बरामद भएको हो ।

विराटनगर १९ स्थित घिनाघाट पुल नजिक नयाँ पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा शव बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।

पोष्टमार्डमका लागि शव पठाएर घट्नाको अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै घट्नाको सत्यतथ्य उजागर हुने उहाँले बताउनु भयो ।

Back to top button