विदेशी राष्ट्रहरुलाई पाठ्यक्रममा बुद्ध जन्मस्थलको त्रुटी सच्याउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल बारे अहिले पनि केही राष्ट्रहरुको पाठ्यक्रममा त्रुटी रहेकोले सच्याउन आग्रह गर्नुभएको छ ।

दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सच्याउन आग्रह गर्नुभएको हो ।

बुद्ध लुम्बिनीमा जन्मिएको प्रामाणीकरण भइसकेकोले यस विषयमा कसैलाई पनि गलत तथ्यमा नअल्झि बालबालिकालाई सत्यताको पाठ पढाउन उहाँले आग्रह गर्नुभयो ।

‘नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्ध दर्शनको उद्गमस्थलका साथै शान्तिको मूल फुटेको थलो भएको प्रधानमन्त्री ओलीले बताउनु भयो ।

बुद्धका उपदेशहरु, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्गमा प्राप्त हुने सुखको अनुभुति स्मरण गर्नेहरुलाई सदैव प्राप्त भइरहने छ,’ उहाँले भन्नुभयो ।

Back to top button