प्रदेश १ मा ३५३ जना संक्रमण मुक्त, ८९८ थपिए

विराटनगर । प्रदेश १ मा आज ३ सय ५३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएर घर फर्किनु भएको छ । यस प्रदेशमा आज गरिएको पिसिआर परीक्षणमा ८९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७८ महिला र ९१ पुरुषसहित १६९, सुन्दरहरैचामा ४५, रंगेलीमा २८, कटहरी र बुढीगंगामा १४–१४, पथरीशनिश्चरेमा १३, केराबारीमा १०, उर्लाबारीमा ९, सुनबर्षी र जहदामा ४–४, ग्रामथानमा ३, मिक्लाजुङ, धनपालथान र स्थानीय तह नखुलेका ४, बेलबारी, रतुवामाई र लेटाङमा १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

सुनसरीको इनरुवामा १०५, इटहरीमा ७१, देवानगञ्जमा ४०, धरानमा ३१, दुहवीमा १०, रामधुनीमा ८, बराहक्षेत्र र गढीमा ४–४, भोक्राहानरसिह र स्थानीय तह नखुलेका २–२, हरिनगर, बर्जु , कोशी गाउँपालिकामा १–१, झापाको दमकमा ५६, कमल गाउँपालिकामा ७, गौरादहमा ६, भद्रपुरमा ४, विर्तामोड र शिवसताक्षीमा ३–३, मेचीनगरमा २, कचनकवल, बाह्रदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ५२, फालेलुङ, हिलिहाङ र फाल्गुनन्दमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २०, साँघुरीगढीमा १४, छथरमा १०, पाख्रिवासमा ४, संखुवासभाको चैनपुरमा ३०, खाँदबारीमा ९, मादीमा १, खोटाङको हलेसीतुवाचुङमा १५, भोजपुरको षडानन्दमा ६, भोजपुर नगरपालिकामा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा २, स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँसमा २, इलामको चुलाचुली र इलाम नगरपालिकामा १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ६३ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार २१२ जना संक्रमणमुक्त भएका छन् । यस प्रदेशमा सक्रिय संक्रमितको संख्या २० हजार ३७ पुगेको छ । प्रदेश १ मा आज २ हजार २२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button