कांग्रेसद्वारा ल्याब स्थापनाका लागि १० लाखको उपकरण हस्तान्तरण

विराटनगर । नेपाली कांग्रेस मोरङको ६ नम्बर निर्वाचन क्षेत्रका क्षेत्रीय कार्य समितिले बुढीगंगा गाउँपालिकाको कोभिड अस्पताल तथा स्वास्थ्य केन्द्रमा ल्याब स्थापना गरिएको छ । कांग्रेसका नेता डा. शेखर कोइरालाले एक कार्यक्रमका बीच बुधबार ल्याबको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन भएसँगै बुढीगंगाबासीका लागि ल्याबमा स्वास्थ्य जाँच सुरु भएको गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले बताउनु भयो । माझीले क्षेत्रीय कार्य समितिले स्वास्थ्य केन्द्रमा ल्याब स्थापनाका लागि सेमी अटो एनालाइजर, जाटर बाथ, हटइयर ओभन, कोलरी मिटर, माइक्रोस्कोपलगायतका ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको बताउनु भयो ।

क्षेत्रीय समितिका सभापति निरञ्जनप्रसाद रिजालले स्वास्थ्य केन्द्रमा ल्याब स्थापनाका लागि १० लाख मूल्य बराबरको आवश्यक सम्पूर्ण औजार उपकरण प्रदान गरेको बताउनु भयो ।

Back to top button