मौवाखोला गाउँपालिकामा संक्रमण नियन्त्रण गर्न सहयोग अभियान

ताप्लेजुङ । दोस्रो चरणको कोरोना लहरले हिमाली जिल्ला पनि आक्रान्त बनेको छ । हिमाली जिल्लामा संक्रमण फैलिँदै गए पनि संघीय तथा प्रदेश सरकारले वेवास्ता गरेपछि संक्रमण नियन्त्रणका साथै परीक्षणका लागि स्थानीयले सहयोग जुटाएर स्थानीय तहलाई उपलब्ध गराउन थालेका छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकावासीले संक्रमण नियन्त्रण तथा परिक्षणका लागि सहयोग अभियान सुरु गरेको छ । गाउँबाहिर बसेकाहरुले सहयोग संकलन गरेर एन्टिजेन, पीपीई सेट, फेस सिल्ड, सेनिटाईजरलगायतका स्वास्थ्य सामग्री किन्नको लागि सहयोग अभियाान सुरु गरेको हो ।

मैवाखाला समाज काठमाण्डौका अध्यक्ष बलबहादुर तामाङले देश तथा विदेशमा रहेर मजदुरी गरिरहेका मौवाखोलावासीले आफ्नो गास कटाएर भएपनि गाउँपालिकामा सहयोग जुटाउन थालेको बतताउनु भयो ।

सहयोग रकमबाट हालसम्ममा ३५० थान एन्टिजेन खरिद भईसकेको र अन्य समाग्री खरिद प्रकृयामा रहेको उहाँले बताउनुभयो । सबै सामग्री खरिद गरेर चाँडै गाउँपालिकाले हस्तान्तरण गर्ने उहाँले बताउनुभयो ।

Back to top button