बढ्दैछ कोराना संक्रमितको निकोहुने दर

काठमाडौं । बिस्तारै कोरोना संक्रमण भएर निको हुनेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार २ सय २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ३९ जना नयाँ संक्रमित भेटिँदा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका हुन् । हिजो पनि नयाँ थपिनेको भन्दा संक्रमणमुक्त हुने संख्या अधिक थियो ।

गएको २४ घण्टाको नतिजा अनुशार २० हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ७ सय ३१ र ५७८ जनाको एन्टिजेन परीक्षणमा २ सय ८ जना गरी पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ नयाँ संक्रमित भेटिएका हुन् ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Back to top button