भरतमोहन अधिकारी स्मृति फाउण्डेशनद्धारा पथरीशनिश्चरेलाई स्वास्थ्यसामग्री सहयोग

पथरी मोरङको पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य निकायका लागि पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

फाउण्डेसनले ४५ थान पीपीइ सेट, २० थान अक्सिमिटर, १५० थान एन नाइन्टीफाइभ मास्क, १ हजार थान सर्जिकल मास्क तथा हेडसिल्ड, बुट, सोडियम हाइपोक्लोराइड, सेनिटाइजर र ग्लोबलगायतका सामग्री प्रदान गरेको हो ।

पथरी नगर अस्पताल सहितका नगरका स्वास्थ्य चौकीका लागि उपलब्ध गराइएका ती स्वास्थ्य सामग्री फाउण्डेशनका सदस्य एवम् संविधानसभा सदस्य चण्डीप्रसाद राईको अगुवाईमा नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरिएको छ ।

Back to top button