५९५ रुपैयाँमा ६० जिवी डाटा प्याक

काठमाडौं । स्मार्ट टेलिकमले ५ सय ९५ रुपैयाँमा ६० जिबी डाटाको आकर्षक अफर सार्वजनिक गरेको छ ।

निषेधाज्ञाको समयमा ग्राहकको जीवनलाई थप सरल र सस्तो बनाउने उदेश्यले सो प्याकेज स्मार्टले सार्वजनिक गरेको हो ।

यो अफरमा ग्राहकले हरेक दिन दुई घण्टाको दरले ३० दिनसम्म डाटा प्रयोग गर्न सकिने स्मार्टले जनाएको छ ।

स्माार्ट ग्राहकहरुले एकपटक प्याक खरिद गरे पश्चात, ३० दिनको डाटा नसकेसम्म फेरि पटक पटक सो प्याकेज खरिद गर्न सक्ने छैन ।

हरेक दिनको २ जिबी डाटा अर्को दिन प्रयोग गर्न नसकिने स्माटले जनाएको छ ।

Back to top button