प्रदेश १ का ११ अस्पताललाई आईसीयू र भेण्टिलेटरका लागि ३० करोड बजेट

काठमाडौं । सरकारले कोरोना संक्रमणका गम्भिर बिरामी र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले प्रदेश १ का ११ सहित देशभरिका ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ ।

प्रदेश १ मा पिडियाट्रिक आईसीयूतर्फ ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, रंगेली र सुनसरी जिल्ला अस्पताललाई ३–३ करोड रुपैयाँको बजेट सुनिश्चित गरेको छ ।

यस्तै, आईसीयू भेन्टिलेटरका लागि यस प्रदेशस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ करोड ८० लाख र कोशी अस्पताललाई १ करोड २० लाख रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड १९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गर्दै आएको छ ।

Back to top button