ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

विराटनगर । कानेपोखरी गाउँपालिका ५ शान्ति चोकमा ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ । कानेपोखरी २ केरौनाका ३२ वर्षीय दिलिप चौधरीको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२त ९८५८ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको को३२प ३७६९ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करले घाइते चौधरीको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।

Back to top button