कोशी ब्यारेजबाट हाम्फालेका एक जनाको उद्धार

सुनसरी । पूर्व–पश्चिम राजमार्गस्थित कोशी ब्यारेजको पुलबाट नदीमा हाम्फालेका एक जनाको सकुशल उद्धार गरिएको छ । मोरङको सुन्दरहरैंचाका ४० वर्षीय पुरुषको प्रहरीले उद्धार गरेको हो ।

ब्यारेजको १० नम्बर ढोकाबाट नदीमा हाम्फालेका उहाँलाई तत्काल प्रहरी चौकी कोशी ब्यारेजले माझीहरुको सहयोगमा उद्धार गरेको जिल्ला प्रहरी सुनसरीले जनाएको छ । उहाँलाई जिल्ला अस्पताल इनरुवामा उपचारका लागि पठाएर घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button