
विराटनगर । बेलबारी नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोरोनाविरुद्धको खोप खरिदका लागि स्विकृति माग गरेको छ ।
नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले नगर क्षेत्रभित्र पच्छिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको र यसको रोकथामका लागि खोप नै भरपर्दो माध्यम भएकाले नगरवासीको जिउज्यान र स्वाास्थ्य सुरक्षाका लागि खोप खरिदका लागि स्विकृति माग गरेको बताउनुभयो ।
उहाँले १८ वर्ष उमेरमाथिका ४० हजार नगरवासीलाई खोप लगाउनका लागि ८० हजार खोप खरिदका लागि स्विकृति माग गरेको बताउनुभयो ।