सुदुरपश्चिम प्रदेश सरकार पुनर्गठन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज सरकार पुनर्गठन गर्नुभएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लालबहादुर खड्का, सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी चयन हुनुभएको छ ।

यस्तै चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनारलाई राज्यमन्त्री बनाइएको छ । तारा लामा तामाङलाई मन्त्री बनाउनकै लागि आजै प्रमुख सचेतकबाट हटाइएको थियो ।

तर, उहाँले पार्टीमा विवाद रहेको भन्दै मन्त्री पद अस्वीकार गर्नुभएको छ । नेकपा एमालेका नवनियुक्त प्रमुख सचेतक लालबहादुर खड्कालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका प्रकाश शाहले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने हुनुभएको छ ।

Back to top button